इक्वेडरलाई हराउँदै सेनेगल विश्वकपको नकआउटमा

अफ्रिकन मुलुलक सेनेगल २० वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति कतारस्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको समूहको अन्तिम खेलमा इक्वेडरमाथि २-१ को जित निकाल्दै सेनेगल दुई दशकपछि नकआउटमा पुगेको हो।

समूह एमा २ जितसहित ६ अंक जोडेको सेनेगल समूहमा दोस्रो हुँदै नकआउटमा पुगेको हो। उ सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा अन्तिम १६ पुगेको थियो।

अब उसले अन्तिम १६मा मा समूह बीको विजेतासँग खेल्नेछ। यता, इक्वेडर भने समान १ जित, बराबरी र हारसहित ४ अंक जोडेपछि नकआउटमा पुग्न सकेन।

खेलमा सेनेगललाई जित दिलाउन इमाइल सार र कालिडोउ कोलिबालीले गोल गरेका थिए। इक्वेडरका मोइस काइसेडोले गोल गरेका थिए।

खेलमा अग्रता पनि सेनेगलले नै लियो । उसका सारले ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिाले हाफ १-०मै सकियो।

तर, ६७औं मिनेटमा इक्वेडरले बराबरी गोल फर्काउँदै नकआउट पुग्ने सम्भावनालाई बलियो बनायो । त्यसको तीन मिनेट पछि नै सेनेगलले फेरि खेलमा अग्रता लियो। यो पटक कप्तान कोलिबालीले गोल गरे। त्यसपछि गोल नहुँदा सेनेगल विजयी भयो। -रोयटर्स


ताजा खबर