पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने

पोखरामा ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मङ्सिर २४ र २५ गते हुने भएको छ । राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण सङ्घले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो ।

दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिनु भयो ।

महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा धनुष वाण, आर्चरी, छेलो लगायतलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ । ‘महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रदर्शनी पनि हुनेछन्

संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्रहरूको प्रदर्शनी र वाल क्लाइबिङ जस्ता कार्यक्रम महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा निःशुल्क प्रवेश गर्न पाइने छ ।

निर्देशक जिनेसका अनुसार यस पटक महोत्सवमा स्थानीयलाई नै जिम्मेवारी दिएर अपनत्वबोध बनाउन खोजिएको छ । ‘पर्वतीय क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण प्रचारप्रसार नभएका वस्तुहरू स्टलमा राखिने आयोजकले जनाएको छ ।

यस पटकको अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ राखिएको छ । जसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ ।


ताजा खबर