विश्वकपः सर्बिया र क्यामरुनले बराबरी खेल्दै अंक बाँडे

फिफा विश्वकप अन्तर्गत गोलको वर्ष भएको खेलमा सर्बिया र क्यामरुनले बराबरी खेल्दै अंक बाँडेका छन । अल जानोब स्टेडिममा सोमबार भएको समूह ‘जी’ को रोचक खेलमा सर्बिया र क्यामरुन ३–३ गोलको बराबरीमा रोकिए ।

प्रतिस्पर्धात्मक खेलमा क्यामरुनले उत्कृष्ट पुनरागमन गरेको हो । खेलमा सुरुवाती अग्रता क्यामरुनले लिएको थियो । २९औं मिनेटमा जिन चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाउनुभयो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सर्बियाले दुई गोल फर्कायो । इन्जुरी समयको पहिलो मिनेटमा स्ट्रहिन्जा पाभ्लोभिचले गोल गर्दै सर्बियालाई खेलमा फर्काउनुभयो । लगत्यै मिलान्कोभिच साभिचले गोल गर्दै सर्बियालाई पहिलो हाफमा २–१ को अग्रता दिलाउनुभयो ।

५३औं मिनेटमा सर्बियाका एलेक्सजेन्डर मिट्रोचिले गोल गर्दै सर्बियालाई थप बलियो बनाउनुभयो । तर ६४औं मिनेटमा क्यारुनका भिसेन्ट अबुबकार र ६६औं मिनेटमा इरिक म्याक्सिम चुपो मोन्टिङले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । यस बराबरीसँगै क्यामरुनले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

यस बराबरीसँगै समूह ‘जी’ मा क्यामरुन र सर्बियाले एक एक अंक बनाएका छन् । शीर्षस्थानमा हरेको ब्राजिल र दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको समान तीन तीन अंक छ । समूहको पहिलो खेलमा क्यामरुनले स्वीट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० गोलको हार खेपेको थियो । आजै ब्राजिल र स्वीट्जरल्यान्डबीच राति ९ः४५ बजे प्रतिस्पर्धा हुँदैछ । –एजेन्सी 


ताजा खबर