दोलखाका १० केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

 निर्वाचन आयोगले दोलखाका चार मतदान स्थलका १० मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको छ ।
आयोगले मंसिर १५ गते भित्र पुनः मतदान गरिसक्न दोलखाका मुख्य निर्वाच अधिकृतलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले विवादित स्थलगत अध्ययन गर्न गठन गरेको टोलीले गरेको सिफारिसका आधारमा मंसिर ४ गते भएको मतदान रद्द गरी पुनः निर्वाचन गर्न लागेको हो ।

निर्वाचन आयोगले पुनः मतदानको मिति तोक्ने लगायत आवश्यक सम्पूर्ण निर्णय गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिईसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

यसैगरी विवादका कारण मतगणना हुन नसकेको स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र न. २ र बाजुराका सम्बन्धमा पनि आयोगले अध्ययन गरिरहेको र अध्ययन प्रतिवेदनका आधारमा छिट्टै निर्णय गर्ने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।


ताजा खबर