‘डेसान’ को ट्रेलर सार्वजनिक : मंसिर २३ मा रिलिज हुने

मंसिर २३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

सामाजिक कथामा निर्माण गरिएको यस चलचित्रको ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको विषयलाई प्रस्तुत गरिएको छ ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ ।

कोराना महामारी अगाडि नै निर्माणको चरणमा रहेको यस चलचित्रले पूर्णता पाउँदासम्म थुप्रै अफ्ठ्यारा अवस्थाको सामना गर्नु परेको निर्देशक एक्चै मगरले बताए । कठिनाईका बीच पनि चलचित्रले पूर्णता पाउनु खुशीको कुरा भएको बताउँदै उनले भने, ‘चलचित्रले पूर्ण मनोरञ्चनका साथै सामाजिक सन्देश पनि प्रवाह गरेको छ । सबैले हेर्नु पर्ने चलचित्र बनेको छ । दर्शकलाई चलचित्र हेर्न आग्रह गर्दछु ।’

पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र संवाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको यस चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको वितरण एफडी जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।


ताजा खबर