विश्वकप फुटबलमा नेदरल्यान्ड्सले सेनेगललाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ ।

कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे ।

नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा ग¥यो । खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरेका थिए ।

जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । -रोयटर्स


ताजा खबर