सहिद स्मारक ‘सी’ डिभिजन लिग आजबाट सुरु हुँदै

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्।

पहिलो खेलमा समूह ‘ए’ को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी भिड्ने छन् । खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३:३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जनाएको छ ।

एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।

हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।

दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।  र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।

नयाँ खेल तालिका –


ताजा खबर