२२ औँ ईमेज अवार्डमा महलाई लाइफ टाइम अचिभमेन्ट

नेपाली सांगीतिक उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको २२ औँ ईमेज अवार्ड भब्यतासाथ सम्पन्न भएको छ ।

May be an image of 6 people, people standing and indoor

May be an image of 7 people, people standing and indoor

सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको ईमेज अर्वाडमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो ।

May be an image of 3 people, people standing and indoor

अर्वाडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडिलाइ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

May be an image of 1 person and standing

कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आर के मानन्धरले दर्शक, श्रोता, विज्ञापन दाता लगाएतका व्यक्तिवकाको साथ र सहयोगका कारण ईमेज अवार्डले २२ औँ संस्करण सम्म गर्न सकेको बताउनुभएको छ ।

May be an image of 3 people, people standing and indoor

कोरोना संक्रमण कारण दुई वर्ष हुन नसकेका ईमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका गीत, संगित, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो । अवार्ड कार्यक्रममा चर्चित कलाकारहरुले मनोनयनमा परेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

May be an image of 6 people, people standing and indoor

अघिल्ला संस्करणमा १८ बिधा समावेश हुँदै आएको अवार्डमा संस्करणदेखि १५ विधा समावेश गरिएको हो । त्यस्तै यो पटक सर्वोत्कृष्ट नेपहप र्‍याप प्रस्तुती विधा पनि समावेश गरिएको हो । अर्वार्ड कार्यक्रमको ईमेज च्यानल, ईमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेज खवर डटकमको युटुव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

May be an image of 2 people, people standing and indoor

May be an image of 2 people, people standing, people playing musical instruments and guitarईमेज च्यानलले नेपाली सांगितिक क्षेत्रको उत्थान, संगीतमा समर्पित संगितकर्मीको सम्मान, प्रोत्साहन एवं श्रीवृद्धिका लागि हरेक वर्ष इमेज अवार्ड गर्दै आएको छ ।


ताजा खबर