अमेरिकामा आप्रवासी सम्बन्धी विवाद चुलियो

अमेरिकामा आप्रवासी सम्बन्धी विवाद राजनीतिक रुपमा चुलिएको छ । आप्रवासीका विषयमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको मत बाझिएपछि त्यसको असर तलदेखि माथिसम्मै परेको छ ।

रिपब्लिकन पार्टीले नेतृत्व गरेको टेक्सस राज्यले उपराष्ट्रपति कमला ह्यारिसको वासिङ्टन स्थित निवासमै दुई वटा बसहरुमा भरेर आप्रवासी नै पठाएको छ । कडा अध्यागमत नीतिका लागि दवाब दिन उपराष्ट्रपतिको निवासमै आप्रवासी पठाएको टेक्ससका गभर्नरले स्वीकार गर्नुभयो ।

आप्रवासीका विषयमा डेमोक्र्याटहरु बढी उदार देखिएपछि रिपब्लिकनको बाहुल्यता भएका राज्यहरुले डेमोक्र्याटका राज्यहरुमा आप्रवासी नै पठाएर विरोध जनाइरहेका छन् । अमेरिका प्रवेशका लागि मेक्सिको सीमानामा आउने आप्रवासीको संख्या बढिरहेको छ ।

राजनीतिक तनाव बढेको र अध्यागमन सम्बन्धी कानुन लागू गर्न असफल भएको भन्दै टेक्सस र एरिजोना जस्ता राज्यहरुले हजारौं आप्रवासीहरुलाई शिकागो, न्युयोर्क र वासिङ्टन डिसी जस्ता शहरहरु पठाएर विरोध जनाइरहेका छन् । -रोयटर्स/रासस


ताजा खबर