अमेरिकी राष्ट्रपति बाइडेन एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दै हुनुहुन्छ । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो ।

राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले  महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नुहुनेछ ।

यसैबीच उहाँहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ ।

राष्ट्रपति बाइडेन र  प्रथम महिला जिल सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुने र सोही दिन अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको बताइएको छ ।  रासस/एएनआई


ताजा खबर