भारत नेपाली राष्ट्रिय महिला टोलीद्वारा पराजित

काठमाडौंमा जारी साफ महिला फुटबलमा पहिलो पटक नयाँ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालामा शुक्रबार नेपालले सदावहार विजेता भारतलाई सेमिफाइनलमा १–० गोलको हार चखाएपछि साफ महिला फुटबलले नयाँ विजेता पाउने पक्का भएको छ ।

भारत यसअघिका पाँच वटै संस्करणको विजेता हो । सोमबार हुने फाइनल भिडन्तमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नतिजालाई इतिहासको दृष्टिले हेर्ने हो भने नेपाल बलियो देखिन्छ । तर, यसपटक बंगलादेश महिलाको प्रदर्शन तारिफ योग्य छ ।

अधिकांश औसत १८ देखि २० वर्षका खेलाडीको बाहुल्यता रहेको बंगलादेले दशरथ रंगशालामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । घरेलु मैदानमा नेपाली दर्शकको साथले नेपाली टोलीको मनोबल उच्च छ ।

फेरिएको बंगलदेशको अहिले बलियो अवस्थामा छ । इतिहास नेपालको पिक्षमा भए पनि फाइनलमा बगलादेश पन्छाउन नेपाललाई ठूलै चुनौती हुनेछ ।

नेपाली टोलीकी अनुभवी स्ट्राइकर सावित्रा भण्डारीसहित  केही खेलाडीलाई डेंगुको समस्या देखिएकोले नेपाललाई थप चुनौती छ । सावित्राले अघिल्ला दुई खेल गुमाउनु भएको छ  । फाइनलमा पनि सावित्राको उपस्थिति अन्योल रहेको छ ।

यसअघि नेपाल र बंगलादेशबीच तीन पटक भिडन्त भएको छ । सबै भेटमा नेपालले सुखद नतिजा निकालेको छ । सन् २०१० को पहिलो संस्करणमा नेपालले बंगलादेशलाई ३–० गोलले हराएको थियो ।

त्यसपछि २०१४ मा नेपाल १–० गोलले विजयी भएको थियो । सन् २०१९ मा नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेको थियो । सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० गोलले पराजित गरेको थियो ।

 

बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गरेको हो । नेपालले भने पाँचौं पटक फाइनलमा स्थान बनाएको हो । सन् २०१६ को संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको नेपाल अन्य संस्करणमा उपविजेता बन्दै आएको छ ।

यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताउनुभएको छ । भारतमाथि रोचक जित निकालेपछि थापाले नेपाली जनतलाई उपाधिसहित खुशी दिन चाहेको बताउनुभयो ।

इतिहास बिर्सने हो भने बंगलादेशले जारी प्रतियोगितामा बंगलादेशले अब्बल प्रदर्शन गरिरहेको छ । बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्सलाई ३–०, दोस्रो खेलमा पाकिस्तानमाथि ६–० र तेस्रो खेलमा भारतलाई ३–० गोलले पराजित गरेको थियो ।

बंगलादेशले चार खेलमा २० गोल गरेको छ भने नेपालले तीन खेलमा ११ गोल गरेको छ । सँधै फाइनलमा तँगारो बनेको भारतलाई सेमिफाइनलमा पन्छाएको नेपाललाई घरमै उपाधि राख्न बंगलदेशलाई हराउन सक्नु ठूलै सफलता हुनेछ । यसअघि विराटनगरमा भएको साफको उपाधि नजिक पुगेर नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।


ताजा खबर