बाटो हो … रोजाइ तिम्रै !

~पेशल पोखरेल
बाटो हो
ढुङ्गैढुङ्गा छ त के भयो
नाघ्न, फड्किन सक्छौ
छल्न, तर्किन सक्छौ
यत्ति हो – तिम्रो विवेक जाँच्दैछ यसले
सम्हालियौ – रोमाञ्च दिन्छ
हतारियौ – ठोक्किन्छ घुँडा, दर्फराउँछ कुहुनु
रोमाञ्च रोज्ने कि पीडा
धैर्य रोज्ने कि आवेग
रोजाइ तिम्रै !
सक्छौ भने
एक्कैछिन यहीं बस, थकाइ मार
र, नियाल प्रकृतिको लय
त्यतिखेर
ढुङ्गैढुङ्गाको यो उबडखाबड
फूलैफूलको पाउदानी लागेन भने मलाई भन्नू ।

ताजा खबर