महिला साफ च्याम्पियनसीप फुटबल नेपालले जीत्यो

श्रीलङ्का ६–० गोलले पराजित

महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियो । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालको जीतमा सरु लिम्बू, रश्मिकुमारी घिसिङ, अमृता जैसी र दिपा शाही एक/एक गोल गरे भने अमिशा कार्कीले दुई गोल गरिन् । सरुले खेलको १० मिनेटमा गोल गरिन् भने रश्मिले खेलको ११ मिनेटमा गोल गरिन् ।

अमृताले खेलको १७ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । नेपालकी अर्की खेलाडी अमिशाले खेलको ७६ मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरिन् । -रासस


ताजा खबर