नेपाल मानव विकास सूचकाङ्कको १ सय ४३ औँ स्थानमा

 नेपाल मानव विकास सूचकाङ्कमा १ सय ४३ औँ राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले विश्वभरका १ सय ९१ वटा देशहरूको मानव विकास प्रतिवेदन सार्वजनिक गरेकोमा नेपाल लगभग स्थिर सूचकका साथ १ सय ४३ औँ स्थानमा रहेको उल्लेख छ ।

प्रतिवेदन अनुसार विश्वभर नै मानव विकास सूचकाङ्क ओरालो लागेको छ । युएनडिपीले सूचकाङ्कलाई चार भागमा विभाजन गरेको छ । जसमा न्यून, मध्यम, उच्च र धेरै उच्च छन् । जसमा नेपाल मध्यम स्तरमा रहेको देखिएको छ ।

सन् २०२१/२२ मा विश्वभर नै मानव विकासमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार नेपालले ०.६०२ अङ्क हासिल गर्दै १ सय ४३ औँ स्थानमा रहेको हो । सन् १९९० मा नेपालले ०.३९९ मात्र अङ्क पाएको थियो । नेपालको प्रतिव्यक्ति खुद राष्ट्रिय आम्दानी ३८ सय ७७ अमेरिकी डलर रहेको छ । ३१ वर्षको अन्तरालमा नेपालले ५०.९ प्रतिशत सुधार गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२०/२१ मा नेपालको स्थान १४२ औँ स्थानमा थियो ।

यसैगरी नेपालीहरूको औसत आयु ६८.४ वर्ष रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नेपालमा धनी र गरिबबिचको दूरी समेत बढ्दै गएको देखाएको छ । नेपालीहरूको प्रतिव्यक्ति खुद राष्ट्रिय आय वर्षको ३८ सय ७७ डलर रहेको पनि प्रतिवेदनमा उल्लेख छ । –रासस/रोयटर्स


ताजा खबर