नेपाल चलचित्र संघले आज देशभरका फिल्म हल बन्द गर्ने

नेपाल चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने र गर्न दिने निर्णय गरेपछि नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हल बन्द गर्ने चेतावनी दिएको छ। संघको कार्यसमिति बैठकले यस्तो निर्ण गरेको संघका अध्यक्ष विरेन्द्रनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको पनि विज्ञप्तिमा जनाइएको छ। उता निर्माता संघले विदेशी फिल्मको सेन्सरमा ढिलाई भएकै कारण आज शुक्रवारबाट रिलीजमा आउने नेपाली फिल्म ऐना झ्यालको प्ुतलीको बुकिङ खुला नगरिएकोमा आपत्ति जनाएको छ।‘ऐना झ्यालको पुतलीको प्रदर्शनका सम्बन्धमा चलचित्र प्रदर्शकबाट अग्रीम बुकिङ नदिएको उपर यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ। नेपाली सिनेमाहरु चलचित्र भवनमा निर्वाध र समान रुपमा प्रदर्शन हुनु पर्दछ र विदेशी सिनेमाको हैसियतअनुरुप नै हाम्रा सिनेमालाई प्रदर्शकबाट समान व्यवाहार हुनु पर्दछ।

तर विगतमा केही त्यस्ता घटनाक्रम थिए, जँहा नेपाली सिनेमालाई समस्यामा पार्न खोजिएको थियो। जसको निरन्तरता शुक्रवारबाट सार्वजनिक रुपमा प्रदर्शनमा आउने नेपाली सिनेमा एना झ्यालको पुतली हो भन्ने हाम्रो बुझाइ रहेको छ’ निर्मँता संघका अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तीमा नेपाली फिल्मलाई पेल्न र हेप्न खोजिएकोमा आपत्ती जनाउँदै भनिएको छ। यसप्रति खेद व्यक्त गर्दै प्रदर्शकले नेपाली फिल्मलाई प्रदर्शनमा सहज गराईदिनुपर्नेमा व्यवसायीक मर्यादालाई समेत कुल्चेर ऐना झ्यालको पुतलीको अग्रिम बुकिङ खुल्ला नगरेपछि नेपाली प्रदर्शकले नेपाली फिल्मलाई हेर्न नजर कस्तो रहेछ भन्नमा दर्शकहरु समेत प्रष्ट भएको तथा यस्तो खालको गैर व्यवसायीक रवैया देखाइ स्वदेशी निर्मातालाई निमोठ्ने बाटोमा खेदजनक रहको विज्ञप्तीमा जनाइएको छ।

‘किन हाम्रा नेपाली सिनेमाहरुलाई बारम्बार पेल्न र हेप्न खोजिन्छ? यसको ठोस जवाफ अब चलचित्र प्रदर्शक साथीहरुले दिनै पर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘हामीले अरु कसैको हक खोसेको हैईनौँ। खाली समान अधिकारको सुनिश्चितता मात्र खोजेका हौँ। तपाईहरुले संस्थागत सहमतीलाई सँधै झारो टार्ने दृष्टिकोणको रुपमा मात्र चित्रण गर्नु खोज्नुभएको हो? शुक्रवारबाट प्रदर्शनमा आउने ऐना झ्यालको पुतलीलाई समान हैसियतको शो र अग्रीम बुकिङ खुल्ला गर्ने वातावरण नबनेमा नेपाली फिल्मप्रति देखाएको निन्दनिय व्यवाहारका विरुद्ध बाध्य भई कडा रुपमा प्रश्तुत हुँदै निरन्तर संघर्षमा उत्रिने छौैँ।’

नेपाल चलचित्र निर्देशक समाजले पनि टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गरेकोप्रति खेद व्यक्त गर्दै नेपाली फिल्म क्षेत्रलाई हतोत्साहित तुल्याउने गैरजिम्मेवारीपूर्ण कार्यलाई बन्देज लगाउन प्रेस विज्ञप्तीमार्फत आग्रह गरेका छ। ‘समयमा नै आफ्नो सामानको बिक्री मूल्य तय गरि अग्रिम रुपमा सामान बेच्न पाउने अधिकार संसारभरी नै प्रचलनमा छ। विभिन्न कारण देखाई सिनेमा घरले नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला नगरेकोमा निर्देशक समाजको ध्यानाकर्षण भएको छ। सिनेमा घरहरुको छाता संगठन नोपल चलचित्र संघलाई पनि यस्तो खालको कार्यहरु अविलम्ब रोकी चलचित्रकर्मीको एक आपसको एकता, विश्वास आत्मियता र नेपाली फिल्मको श्रीवृद्धीमा हातेमालो गर्न आग्रह गर्छौ’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


ताजा खबर