प्रम देउवाद्वारा एलिजावेथको शोक पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्रीले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानीको निधनमा दुःख व्यक्त गर्नुभएको हो । साथै उहाँले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेख्नु भएको छ ।

बेलायतका महारानी एलिजावेथ द्वितीयाको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजावेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार नै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । -रासस


ताजा खबर