प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज निर्वाचन आयोगले पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।

यी सबै निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् र कार्यक्रम सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । -रासस


ताजा खबर