बेलायतकी महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ ।

बकिंघम प्यालेसले रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ ।

यसअघि उहाँ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहनु भएको थियो । चिकित्सकहरूले उहाँको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उहाँलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार नै जनाएको थियो ।

महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ । बकिंघम राजदरबारमा अहिले ठूलो भीड जम्मा भएको छ । –बीबीसी


ताजा खबर