टाटा नेक्सन ईभी एक वर्षमै बन्यो अत्यन्त लोप्रिय

टाटा नेक्सन ईभीको नेपालमा बिक्री शुरू गरेको एक वर्षमै अत्यन्त लोकप्रिय बनेको सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ।

गत वर्ष सिप्रदीले नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी भित्र्याएको थियो। एक वर्षको छोटो अवधिमै लोकप्रिय विद्युतीय गाडीको रूपमा स्थापित भएको सिप्रदीले जनाएको छ।

एक वर्षमै टाटा नेक्सन ईभी लोकप्रिय

नेक्सन ईभीको आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता रहेको जनाइएको छ। यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चार्जिङ एप ‘ईजी’ एप मार्फत चार्ज गर्न सकिन्छ। यो एपको प्रयोग हाल एक हजारभन्दा बढी परिवारले गरिरहेका छन्।

दक्ष कर्मचारी एवं भौतिक संसाधनहरूको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ।

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्‍जाल रहेको छ भने यसले हालसम्म होटल, अस्पताल, ब्यांक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरूमा १२० भन्दा बढी एसी चार्जर जडान गरेको कम्पनीले जनाएको छ।


ताजा खबर