नेपालले आज केन्याविरुद्ध अन्तिम एकदिवसीय खेल खेल्दै

केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

नेपालले तीन एकदिवसीय अभ्यास खेलको श्रृंखलामा २-० को अग्रता लिंदै एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारिसकेको छ । यसअघि नेपालले पाँच टी-ट्‍वान्टी आइ खेलमा पनि ३-२ ले श्रृंखला आफ्नो पक्षमा पारेको थियो ।

त्यसपछिको दुईवटा एकदिवसीय खेलमा जीत निकालेको नेपाल उच्च मनोबलका साथ श्रृंखला क्लिन स्वीप गर्ने दाउमा मैदान उत्रदैछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।-रासस


ताजा खबर