कुमारी बैंक “एक्सिलेन्स् इन ईकमर्स बिजनेस अवार्ड २०२२” वाट सम्मानित

नेपाली बैंकिङ क्षेत्रमा भिन्नै पहिचान बनाउन सफल कुमारी बैंक लिमिटेडले एक्सिलेन्स् इन ईकमर्स बिजनेस अवार्ड २०२२ प्राप्त गर्न सफल भएको छ ।

भिसा इन्टरनेशनलले  शुक्रवार आयोजना गरेको  “लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल”   सम्मेलनमा सो अवर्ड प्रदान गरिएको हो ।

कुमारी बैंक लिमिटेडलाई अभिनव उत्पादन (Innovative Product)  र कार्ड भुक्तानी उद्योगमा उच्चतम इकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेकोमा  यो अवार्ड प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखिनै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको कुमारी बैंकले आगामी दिनमा समय सापेक्ष अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पुर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने समेत प्रतिबद्धता जनाएको छ ।

देशव्यापी शाखा सञ्जाल भएको कुमारी बैंकले आफ्ना  १९८ शाखाहरु बाट  १९४ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।


ताजा खबर