आस्था जीवनको नव रंग हो (कविता)

~डा.रामभक्त ठाकुर

आस्था  कुनै पत्थर  होइन

कतै जडी दिन्छौं

कतै उखेली दिन्छौं ।

आस्था कुनै मूर्ति होइन

कतै फोडी दिन्छौं

कतै जोडी दिन्छौं ।

आस्था कुनै बिकाउ होइन

कहिले लिलाम गर्छौं

कहिले किनी लिन्छौं ।

यो माला होइन

कहिले उन्छौं

कहिले तोडी दिन्छौ ।

आस्था जीवनको नव रंग हो

सागरको तरंग हो

तिमीले बुझ्न सकेनौं यसलाई

यो यस फूलबारीको उमङ्ग हो  ।

आस्था जीवनको आश हो

यो माटोको विश्वास हो

दिग्भ्रमित छौं तिमी

यो आत्मा परमात्माको

मिलनको आभास हो।।

आस्था धरती,आकाश, समुञ्द्र हो ।

आस्था सत्य हो,शिव हो,सुन्दर हो।।


ताजा खबर