नेपाल ब्यांक लिमिटेड र एनसेल एक्जियाटाबीच निःशुल्क डेटा सेवा प्रदान गर्ने सम्झौता भएको छ।
बुधबार आयोजित एक कार्यक्रमबीच ब्यांकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार एनसेलको सिम प्रयोग गरी नेपाल ब्यांकको मोबाइल ब्यांकिङ एप प्रयोग गर्दा निःशुल्क डेटा उपलब्ध हुनेछ।
डिजिटल ब्यांकिङलाई प्रवर्द्धन गरी ग्राहकलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको नेपाल ब्यांकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो।
एनसेलसँग सहकार्य गरी नेपाल ब्यांकका ग्राहकलाई निःशुल्क डेटाको व्यवस्था भएकोमा उहाँले खुशी ब्यक्त गर्नुभयो।




















