एनएमबी बैङ्क र बीआईआई बीच डलर कर्जा सम्झौता

एनएमबी बैङ्क र ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बीच अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउनेबारे सम्झौता भएको छ ।

सो सम्झौताबमोजिम एनएमबी बैङ्कले बीआईआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा पाउने छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने एनएमबी बैङ्कले जनाएको छ ।

एनएमबी बैङ्कद्वारा आइतबार आयोजित सम्झौता हस्ताक्षर समारोहमा बैङ्कका कार्यकारी अधिकृत सुनील केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रका परियोजना लाभान्वित हुनुको साथै बैङ्कले लिएको दिगो बैङ्किङ अवधारणालाई अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो ।

 


ताजा खबर