हङकङलाई हराएर भारत एशिया कपको सुपर फोरमा

भारत एशिया कपको सुपर फोरमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा हङकङलाई ४० रनले पराजित गर्दै भारत एशिया कपको सुपर फोरमा पुगेको हो ।

भारतले दिएको १९३ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ५ विकेट गुमाउदै १५२ रन मात्र बनाएपछि खेल भारतले ४० रनले जितेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले सूर्यकुमार यादवको २६ बलमा अविजित ६८ र विराट कोहलीको ४४ बलमा अविजित ५९ रनको मद्धतले २० ओभरमा २ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

योजितपछि भारतले जारी एशिया कपको समुह ए मा लगातार दोस्रो जित हासिल गरेको छ । भारतले यसअघि पाकिस्तानलाई पराजित गरेको थियो ।

योसँगै भारत सुपर फोरमा पुग्ने दोस्रो टिम बनेको छ ।

यसअघि समुह बि बाट अफगानिस्तान लगातार दुई खेल जितेर सुपर फोरमा पुगिसकेको छ । -एएनआई


ताजा खबर