हाम्रालाई हैन राम्रालाई छानौ बरिलै …

~शोभा सिलवाल/पाण्डेय

वर्षै पिच्छे  आउने तीज अहिले फेरि आको छ

दुईचार कुरा भन्न मन मलाई लाको छ ।

बुढी भैसी ओगटे झैँ नओगट कुर्सीलाई

वृद्ध भत्ता खाएर बस बरिलै ।

आफ्नै बाउको बिर्ता जस्तो सम्झेर देशलाई

सात टुक्रामा विभाजन गरे बरिलै ।

युवा नेता आएर देश विकास गरे त

नेपाल आमा मुहार हाँस्थ्यो बरिलै

एमसिसि पास गरी स्वाभिमान बेचियो

पुर्खाको नासो यो देश के के हुने हो ?

अर्थतन्त्र बिगारेर टाट पारे देशलाई

बिगारेछन् संस्कृति र भाषा भेषलाई ।

जताततै अराजक्ता हत्याहिंसा बढेको

महिला र असक्तले दुःख पाएको ।

गणतान्त्रिक सरकारले दिएन राहत

हामी जनता जति भयौँ साह्रै आहत ।

महँगीले जनताको ढाड साह्रै सेकेको

यो सरकारले अहिलेसम्म खोई त हेरेको ?

गणतन्त्र आएपछि खाउँला भन्थे जनताले

माछो माछो भ्यागुतो भए बरिलै ।

धरम र संस्कृतिमा विकृति भित्रेको

नेपालीले किन होला  आफैँ बिर्सेको ?

यसपालि नेपालमा भोट हाल्न पाइन्छ

हाम्रालाई हैन राम्रालाई छानौ बरिलै ।

युवा नेता आएर देश विकास गरे त

नेपाल आमा मुहार हाँस्थ्यो बरिलै ।

विज्ञानले ल्याको छ नयाँ नयाँ चमत्कार

यति भन्दै बिदा हुन्छु हस्त नमस्कार ।

 


ताजा खबर