समानुपातिकतर्फ भाग लिने दललाई निवेदन दिन आग्रह

निर्वाचन आयोगले आगामी आमनिर्वाचनमा समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको हो ।

आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश चुनावमा भाग लिन आजदेखि १२ गतेसम्म तीन दिनभित्र समानुपातिक तर्फ दल दर्ता निवेदन गरिसक्नु पर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले समानुपातिक तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने छ । निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दलले आयोगमा दल दर्ता गरी सकेका छन् ।-रासस


ताजा खबर