एभरेष्ट ब्यांक र फोकसवान पेमेन्ट सोलुशन्सबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुशन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट ब्यांक लिमिटेडबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।

ब्यांकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी ती कार्डबाट विभिन्न सेवाको भुक्तानी गर्न सकिनेछ। मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरूको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

यसै गरी ब्यांकका ग्राहकहरूले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १५ सयभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन्। मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ।


ताजा खबर