एक दिवसीय खेल खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपाली क्रिकेट टोलीलाई केन्या भ्रमणका लागि क्यानले बिदाइ गरेको छ । कार्यक्रम गर्दै क्यानले नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशन सिंह, क्यानका सदस्य दुर्गाराज पाठक लगायतले बिदाइ गर्नुभयो ।

केन्या भ्रमणमा नेपालले पाँच टी–२० आई र तीन एक दिवसीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोली केन्या जाने छ । नेपालले टि–२० वरियताको सुधारका लागि केन्यासँग खेल्न लागेको र सुधार भएको खण्डमा नेपालले आउँदो टि–२० विश्वकप खेल्ने सम्भावना रहेको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

नोभेम्बर १५ सम्ममा नेपाल टि–२० वरियतामा १२ भित्र पर्न सकेमा नेपालले आगामी विश्वकप खेल्न पाउनेछ ।


ताजा खबर