नर्भिक अस्पतालको मुद्दाको पेसी आइतबार पनि हेर्न नभ्याइने सूचीमा

पेसी नआएपछि सामाजिक सञ्जालमा मेयर शाहको व्यङ्ग्य

नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा सो मुद्दाको पेसी आइतबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । सो मुद्दाको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको थियो ।

मुद्दाको पेसी नआएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर पोस्ट गर्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ?

काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएपछि नर्भिक अस्पतालले दिएको रिटमा अदालतले गत साउन २५ गते अस्पताल अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही दिन अस्पतालले दिएको रिटमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले फास्ट ट्रयाकमा सोही दिन नै अन्तरिम आदेश दिनुका साथै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।


ताजा खबर