निर्वाचनको निष्पक्षतामा प्रभाव पार्ने काम नगर्न निर्देशन

निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने खालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न, नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।

आयोगले संघीय सरकार, प्रदेश सरकार र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीको काम भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने काम गर्न नहुने प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योजना तथा कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने भएकाले त्यसो नगर्न, नगराउन आयोगले तीनै तहका सरकारलाई स्पष्ट निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।


ताजा खबर