जी ट्वान्टीमा बाइडन, सी जिनपिङ र पुटिन सहभागी हुने

इन्डोनेसियाको बालिमा आगामी नोभेम्बरमा हुने जी ट्वान्टी शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन तीनै जना सहभागी हुनु हुने भएको छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनमा विश्वका तीन शक्तिशाली राष्ट्र प्रमुख सहभागी हुने सुनिश्चित भएको जानकारी दिनु भएको छ ।

रुस -युक्रेन युद्ध र ताइवानलाई लिएर चीन र अमेरिका बीच तनाव बढेको बेला हुन गइरहेको यस शिखर सम्मेलनमा अमेरिका चीन र रुस तीनै देशका राष्ट्र प्रमुखहरूले भाग लिने निश्चित भएको इन्डोनेसियाका राष्ट्रपतिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ ।

रुस युक्रेन युद्ध पश्याचत् रुसी राष्ट्रपति पुटिन र कोरोना महामारी सुरु भएयता चिनियाँ राष्ट्रपति सीले विदेश भ्रमण गर्नु भएको थिएन ।


ताजा खबर