लम्सालको अग्नि महाकाव्यलाई लालबन्दी वाङ्मय पुरस्कार

डा. नवराज लम्सालको महाकाव्य अग्निलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ प्रदान गरिने भएको छ ।

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार डा. लम्सालको अग्निलाई दिने जनाएको हो ।

डा. लम्सालको अग्नी महाकाव्यलाई सुदूर पश्चिम साहित्य समाजले यसअघिनै १,११,१११ सहित २०७८ को पुरस्कार घोषणा गरिसकेको छ । डा. लम्सालको उक्त कृति मदन पुरस्कार र पद्मश्रीको उत्कृष्ट सूचीमासमेत परेको छ ।लम्सालका कर्ण धरा र अग्नि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन्।

परिषद्ले १० हजार रुपैयाँ राशिको लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कार–२०७९ सर्लाही लालबन्दीका क्षितिज विश्वकर्मालाई दिइने जनाएको छ ।


ताजा खबर