कृष्णजीले मुरली बजाइदिनु भो ..

~शोभा सिलवाल / पाण्डेय 

दिउँसो मण्डल भाको थियो ,कृष्ण भित्र पस्‍नु भो

दही खाऊँ कि घिउ खाऊँ भयो बरिलै ।

कृष्णजीले दही खाएको राधिकाले देखिछन्

निद्राको रामलाई बोलाइन् बरिलै ।

अहिले त राधिका मेरै  कुरा लाउलिन्

जमुना नुहाउँदा चाल पाउलिन् ।

वर्ष दिनको तिज आइ र पुग्यो

जमुना नुहाउन झरिन् बरिलै ।

लगाएको सारी फुकालेर तिरमा

जमुना नुहाउन पसिन् बरिलै ।

डुबुल्की मारी तिरमा हेर्दा

राखेको सारी छैन बरिलै ।

सोर सय गोपिनीमा राधिका बाठी

कदमको बोटतिर हेरिन् बरिलै।

कदमको बोटमा मुरली ओठमा

कृष्णजीले मुरली बजाइदिनु भो ।

हे कृष्ण जाली लेऊ हाम्रो सारी

के हाम्रो हुर्मत लिन्छौ बरिलै ।

सयपत्री तोड न जुम्ला हात जोड न

तब न पाउली सारी बरिलै ।

सयपत्री तोड्दिनँ जुम्ला हात जोड्दिनँ

आफ्‍नो सारी त नलाई छाड्दिनँ

 


ताजा खबर