‘न्याय छिटो नदिनु नि अन्याय गर्नु हो’

~ शोभा शिलवाल 

सतीले सरापेको  देश मेरो नेपाल

निहारिका राजपुतको नि भा छ बेहाल ।

 

हत्यारा र बलत्कारी जोगाउने यो देशमा

न्याय माग्दा बस्‍नुपर्‍यो अस्पतालमा ।

 

भागीरथी ,निर्मला कति मर्ने छोरी  ?

निहारिका अबला कठै विचरी ।

 

पेट्रोल छर्की मर्छुभन्दा मर्न पनि नदिने

गरी खान्छु भन्दा खेरि न्याय नदिने ।

 

बच्चाको बाउ भनी तोक्दा पनि आमाले

के हेरेर बसेको छ प्रशासनले ?

 

पहिले नै डि एन ए गरिदेको भए त

अहिलेसम्म दुवैलाई पीडा हुन्‍थ्यो त ?

 

वादी र प्रतिवादी दुवैलाई राखेर

छिटो टुङ्ग्याऊ यो  मुद्दा  बच्चा हेरेर  ।

 

बाउको टुङ्गो लाउनलाई किन यति भो गाह्रो?

कतै ठुलाबडा नै छैनन् तगारो  ?

 

न्याय   छिटो नदिनु नि  अन्याय गर्नु हो

निहारिकालाई जिउँदै मार्नु जस्तेै हो ।

 

अन्धो छ कि बहिरो हाम्रो नेपाल सरकार

निहारिकालाई न्याय देऊ अहिले भर्खर।

 


ताजा खबर