भारतकी १५औं राष्ट्रपति द्रौपदी मुर्मुद्वारा सपथ ग्रहण

आदिवासी जनजाति समुदायकी राजनीतिज्ञ द्रौपदी मुर्मुले भारतको नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनुभएको छ ।

उडिसा राज्यकी ६४ बर्षीया पूर्व शिक्षिका मुर्मु यसअघि झारखण्ड राज्यको राज्यपाल भैसक्नुभएको छ ।

भारतीय जनता पार्टीबाट नाम अगाडि सारिएकी मुर्मुले विपक्षी दलहरुका तर्फबाट उम्मेदवार बन्नुभएका यशवन्त सिन्हालाई निर्वाचनमा पराजित गर्नुभएको थियो ।

मुर्मुलाई संघीय संसद भवनमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश एनभी रमणले १५ औं राष्ट्रपतिका रुपमा शपथ गराउनुभएको थियो । उहाँले सोमबारदेखि नै कार्यभार सम्हाल्नु भएकाे छ ।


ताजा खबर