फिल्म ‘छक्का पन्जाको ४’ छायाङ्कन सुरु

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’ शुभमुहूर्त गर्दै छायाङ्कन सुरू गरिएको छ। सोमवार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो ।

‘आमा सरस्वती मुभिज’को ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक हेमराज बिसी हुनुहुन्छ । यसअघिका छक्का पन्जाका सिरिज भने दीपाश्री निरौलाले निर्देशन गर्नुभएको थियो ।

फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),नीर शाह, निर्मल शर्मा, राज आचार्य लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

फिल्म आगामी दशैँ वा तिहारमा प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ ।


ताजा खबर