समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा’ सार्वजनिक

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा’ सार्वजनिक भएको छ । ‘आश्वी फिल्म्स’को युट्युब च्यानलबाट फिल्म रिलिज गरिएको हो ।

फिल्ममा दुई युवतीले प्रेमलाई देखाइएको छ । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन छ ।

विजेश पौडेलको सम्पादन तथा कलर रहेको फिल्मको साउन्ड डिजाइन सन्जाल भण्डारीको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलको  छ ।

फिल्ममा अनितासँगै अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकको अभिनय देख्न सकिन्छ ।


ताजा खबर