हेडएक एण्ड भर्टाइगोे क्लिनीक प्रोमेड संचालनमा

सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी सेन्टरले टाउको दुख्ने र रिंगटा लाग्ने अर्थात ‘हेडएक एण्ड भर्टाइगोे’ क्लिनीक संचालनमा ल्याएको छ । नेपालमा पहिलो पटक एउटै छाना मुनि रहेर सबै किसिमका सेवा दिने उदेश्यले क्लिनीक संचालनमा ल्याएको हो ।

सेन्टरका मेनेजिङ डाइरेक्टर डा विश्वनाथ कोइराला एकै ठाउँमा टाउको दुख्ने र रिंगटा लाग्ने समस्याको सबै खाले उपचार गर्ने सम्भवत प्रोमेड मल्टीस्पेसियालिटी सेन्टर पहिलो हुनुपर्ने बताउँछन् । टाउको दुख्ने र रिंगटा लाग्ने सम्बन्धी समस्याको उपचार आगामी साउन १५ गतेबाट सुरु हुदैछ । बिरामीहरुले आजैबाट सेवाका लागि समय लिन सक्नेछन् ।

डा कोइराला भन्छन् टाउको दुख्ने अर्थात ‘हेडएक’ को समस्या भएकाहरुलाई फिजिसियन, न्युरो फिजिसियन, न्युरो सर्जन, जनरल फेमली फिजिसियन लगायतका चिकित्सकले पनि उपचार गर्छन÷गरिरहेका छन् । त्यस्तैगरी रिंगटा लाग्ने अर्थात ‘भर्टाइगोे’ समस्या भएकाहरुलाई फिजिसियन, नाक कान घाटीको सर्जन र अन्य चिकित्सक सबैले उपचार गर्छन । तर, सामान्य रुपमा टाउको दुखेको हेर्ने त्यसका लागि औषधि चलाउने बाहेक अनुसन्धानमुलक अध्ययन गरी गहन रुपले नेपालमा उपचार भएको छैन ।

त्यसैले ‘हेडएक एण्ड भर्टाइगोे’ समस्याबारे गहन अध्ययनसँगै उपचार सेवा दिने सस्थाको लक्ष्य रहेको छ । चिकित्सकहरुले बताए अनुसार टाउको दुख्ने र रिंगटा लाग्नु नेपालीहरुमा साधारण दैनिकी जस्तो भइसकेको छ । तर, यसको निदान जरुरी छ । समस्याको निदान हतारमा हैन बिरामीलाई पर्याप्त समय दिएर ब्यवहारिक रुपमा उपचार गरिनु पर्छ त्यसैले हामीले प्रोमेड मार्फत छुट्टै क्लिनीक संचालनमा ल्याएका हौं, डा कोइराला भन्छन् ।

उनका अनुसार धेरै जसो टाउको दुख्ने समस्या भनेको माइग्रेनका कारणले हुन्छ । तनाव, ट्युमर जस्ता बिभिन्न कारणले पनि टाउको दुख्ने हुन्छ उनि भन्छन् । तर, माइग्रेन बिना कुनै प्रत्यक्ष कारण हुने दुखाइ हो । माइग्रेनको उपचार पनि एकै नासको हुदैन । त्यसैले हामीले टाउको दुखाइ ( HEADACHE) लाई अहिले सम्म भएका अनुसन्धान र उपचार पद्धतीबाट आएका कुराहरुलाई अंगालेर सेवा दिनेछौं कोइरालब्ले भने ।

टाउको दुख्ने र रिंगटा लाग्ने समस्याको निदान गर्न केही समय लाग्ने चिकित्सकहरु बताउँछन् । एकै पटकमा सबै खाले समस्याको उपचार सम्भव नहुने भएकाले बिरामीले करिब तीन महिनाको फलोअप पनि गर्नुपर्ने हुन्छ । यस्ता बिरामीलाई स्टेप अनुसार क्रमश उपचार गर्दै लगिन्छ ।

मुख्य कुरा भनेको संसारभर चलेको उपचार पद्धतीलाई समय दिएर तीन महिनासम्म फलोअपमा उपचार गरिनु हो । यो अवधिमा रोग पत्ता लगाउन सहजता, रोग पत्ता लगाएपछि उपचारमा सहजता, संसारमा चलेको उपचार पद्धती, नियमित तीन महिनाको फलोअपले कसको टाउको दुखाई कति जटिल हो, र कसको सामान्य हो भन्ने समेत एकिन हुन्छ ।

प्रोमेड मल्टीस्पेसियालिटी सेन्टरका मेडिकल डाइरेक्टर डा परशुराम घिमिरे सबै भन्दा धेरै मानिसमा टाउको दुख्ने र रिंगटा लाग्ने समस्या भएको बताउँछन् । उनि भन्छन् हरेक मानिसले आफ्नो दैनिक जीवनमा यसको समस्या भोगिरहेका हुन्छन् । त्यसैले यस्ता पिडित भएकाहरुलाई छुटकारा दिलाउन सेवा सुरु गरेका हौं ।

क्लिनीकले टाउको दुख्नुको कारण, यसको समाधानका उपायमा गहन अध्ययन गरी सेवा दिनेछ । डा कोइरालाले भनेका छन् सेवाका लागि आवश्यक पर्ने विभिन्न विद्याका चिकित्सकहरुले पनि सेवामा साथ दिनुपर्ने हुन्छ । जसले गर्दा सफलता मिल्ने छ ।

संसारमा अहिले टाउको दुख्नुका बिभिन्न कारणहरु पत्ता लगाउने उपचारात्मक प्रविधिहरु आएका छन् । औषधि प्रयोग गरेर वा नगरी पनि कसरी टाउको दुखाई कमगर्न सकिन्छ भनेर पत्ता लगाउन सकिन्छ । माइग्रेनमा पनि टाउको दुखाईका थुप्रै कारण छन् । त्यसैले माइग्रेन मात्रै नभएर समग्र टाउको दुखाईको बारेमा अध्ययन पश्चात बिरामीलाई टाउको दुखाइको मुक्तिका लागि पूर्णरुपमा एउटै छानाबाट सेवा दिनेछौं डा घिमिरे भन्छन् ।

त्यस्तै भर्टाइगो अर्थात रिंगटा लाग्ने समस्या पनि बिभिन्न किसिमका छन् । आफु घुम्ने किसिमको रिंगटा हो वा सामान्य अवस्थामा वरिपरीका वस्तु घुम्ने रिंगटा हो ! यो कान, आँखाको समस्या वा रगतको कमीले पनि हुन सक्छ । त्यसैले परिक्षण गरी पूर्णरुपमा रोग पत्ता लगाएर सेवा दिने भनेर यसका लागि चाहिने उपकरण र दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको छ ।


ताजा खबर