श्रीलंकाका नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी हुनुभएको घोषणा गर्नुभएको छ । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा राष्ट्रपतिको लागि नयाँ निर्वाचन भएको हो ।्

आर्थिक संकटको चपेटामा परेको श्रीलंकामा नयाँ राष्ट्रपतिले समाधानका नयाँ विकल्प दिनुपर्ने चुनौति छ । यहाँ मानिसहरु इन्धन, औषधि र खाद्यान्नको संकट भोग्नु परेको भन्दै लामो समयदेखि आन्दोलनमा थिए । उनीहरुको आन्दोलनकै कारण निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षे देश छाडेर भाग्नु परेको थियो । -रासस/एएनआई


ताजा खबर