श्रीलंकामा राष्ट्रपतिको निर्वाचन आज हुने

जारी संकटका बीच श्रीलंकामा आज राष्ट्रपतिको निर्वाचन हुने भएको छ । आज हुन लागेको राष्ट्रपतीय निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने अनुमान छ ।

सांसदहरूले मंगलबार कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेसहित तीन जनाको नाम उम्मेदवारका रूपमा प्रस्ताव गर्नुभएको थियो ।

Sri Lanka To Hold Election for New President Today, 3 Candidates in the Fray

राष्ट्रपति पदका लागि सांसदहरुले रणिल विक्रमासिङ्घे (७३), दुल्लास अल्हपेरुमा (६३) र अनुरा कुमारा दिसानायके (५३) को नाम प्रस्ताव गर्नुभएको थियो ।

यसैबीच विपक्षी उम्मेदवार सजित प्रेमदासले अल्हपेरुमाको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुभएको छ ।
अल्हपेरुमा एक कट्टर सिंहली बौद्ध राष्ट्रवादी र सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीका सदस्य हुनुहुन्छ ।
प्रमुख प्रतिपक्षी नेता एस प्रेमदासले समर्थन दिँदै नाम फिर्ता लिनुभएको हो ।अर्कोतर्फ दिसानायके वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का प्रमुख सदस्य हुनुहुन्छ ।

पूर्व राष्ट्रपति गोताबाया राजापाक्षेको उत्तराधिकारी नियुक्त गर्न आज (बुधबार) निर्वाचन हुन लागेको हो । नयाँ राष्ट्रपतिको कार्यकाल नोभेम्बर २०२४ सम्ममात्र रहनेछ ।

राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। –एएनआई


ताजा खबर