सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता : निक्षेपको १० गुणा सम्म प्रतिफल

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको आवश्यकता र मागहरुलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्युनतम १० हजारसम्म जम्मा गरी खाता खोल्न सकिने व्यवस्था रहेको छ ।

यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकवर्गहरुले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्छन् । ग्राहकवर्गहरुलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यो सुविधा प्राप्त गर्न सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै मुद्दती खाता खोल्न सकिने छ । यस खाताबारे विस्तृत जानकारीका लागि नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा इमेल [email protected], हेल्पडेस्क www.siddharthabank.com/helpdesk, भाइबर https://chats.viber.com/siddharthabankcustomercare र ०१–५९७००२० मा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।


ताजा खबर