वीरगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन

मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकीकृत भन्सार जाँच चौकी आइसिपी वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा राजस्व असुलीको लक्ष्य भेटेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले एकीकृत भन्सार जाँच चौकी आइसिपीलाई २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार राजस्व असुलीको लक्ष्य तोकेकोमा भन्सारले एक वर्षमा २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार अर्थात् लक्ष्य भन्दा १ अर्ब १० करोड बढी राजस्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।

आयात निर्यात वीरगञ्ज नाकाबाट बढ्दै जानु र इन्धन, सवारी साधनको आयात समेत बढिरहेका कारण वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व असुल गर्न सफल भएको पौडेलले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा वीरगञ्ज भन्सारले १ खर्ब ७० अर्ब ५ करोड ४७ लाख ९३ हजार राजस्व असुली गरेको थियो ।


ताजा खबर