लुम्बिनी विकास बैंकमा बोहराको दोस्रो कार्यकालको पदबहाली

लुम्बिनी विकास बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई २०७९ साउन दुई गतेदेखि लागू हुने गरी चार बर्षको पदावधि सहित नियुक्ती गरे पश्चात एक कार्यक्रमको आयोजना गरी बैंकले उनलाई स्वागत गरेको छ ।

उक्त पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत, पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको हर्षोल्लासपूर्ण उपस्थिती रहेको थियो । बोहराले यस बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हॉसिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

उनको कार्यकालमा बैंकको चुक्ता पु‘जी दुई अर्ब १० करोडबाट बृद्घि भएर तीन अर्ब २८ करोड रुपैंयाँ पुगेको छ । बैंकको निक्षेप २२ अर्ब ९६ करोड रुपैंयाँबाट बढेर ४५ अर्ब १४ करोड रुपैंयाँ पुगेको छ भने बैंकको कर्जा लगानी २२ अर्ब ७५ करोड रुपैंयाँबाट बढेर ४१ अर्ब १३ करोड रुपैंयाँ पुगेको छ । उनको कार्यकालको चार बर्षमा बैंकका शेयरधनी महानुभावहरुलाई कुल ६० दशमलव ७५ प्रतिशत लाभांस वितरण गरिएको छ । बैंकको निष्कृय कर्जा तीन दशमलव ३४ प्रतिशतबाट घटेर एक दशमलव ६८ प्रतिशत कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ ।

नरेश सिंह बोहराले भारतको अग्रणी इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए. सम्मको योग्यता उत्कृष्ट अङ्कका साथ पुरा गर्नु भएको छ भने बिगत २५ बर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहि सफलताका साथ कार्य गर्दै आएका छन् । ब्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालिन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरी माछापुच्छे« बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाएका थिए ।

तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि कुशलता पूर्वक भूमिका निर्वाह गरेका थिए । उनको आगामी कार्यकालमा बैंकले अझै उन्नति र प्रगति गर्ने विश्वास लिएको छ ।


ताजा खबर