जि २० का आर्थिक नेताहरु खाद्य असुरक्षा कम गर्न सहमत

ग्रुप अफ २० ‘जि २०’ का आर्थिक नेताहरुले हाल विश्वमा निकै समस्याका रुपमा देखापरिरहेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् ।

जि २० का अर्थमन्त्री र गभर्नरहरुको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो निर्णय गरेको हो । जि २० का अर्थमन्त्री र गभर्नरहरुले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन् ।

युक्रेन सङ्कट र अन्य कारणले हालैका दिनहरुमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रुपमा देखिएको बताउँदै उनीहरुले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीको खोजी गर्ने त्यसलाई कम गर्नका लागिपर्ने बताएका हुन् ।

बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भन्नुभयो– ”हामीले यस विषयमा आवश्यक छफफल गर्यौँ, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज छ ।”

उहाँले जि२० मा आबद्ध रहेका सबै देशहरुले खाद्यान्नको आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिइएको बताउनुभएको थियो ।-रासस / सिन्ह्वा


ताजा खबर