सानिमा ब्यांकले ल्यायो पाँच गुणासम्म दिने मुद्दती योजना

नयाँ आर्थिक वर्षलाई लक्षित गरेर सानिमा ब्यांकले सम्पूर्ण निपेक्ष खातामा मासिक ब्याज प्रदान गर्ने भएको छ।

यससँगै ब्यांकले न्यूनतम अवधिमा पाँच गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ। त्यस्तै, अन्तर्गत रेमिट्यान्स धमाका मुद्दती खाता, धमाका मुद्दती खाता, कर्पोरेट धमाका खाता पनि सञ्चालनमा ल्याएको छ।

सानिमा ब्यांकले ल्यायो पाँच गुणासम्म दिने मुद्दती योजना

रेमिट्यान्स धमाका मुद्दती खातामा ५.७८ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा चार गुणा र १३.४५ वर्षमा पाँच गुणा दिने ब्यांकले जनाएको छ। यसका लागि न्यूनतम मौज्दात पाँच लाख रुपैयाँ हुनुपर्नेछ।

त्यस्तै, सानिमा धमाका मुद्दती खातामा ६.३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.६३ वर्षमा चार गुणा र १४.६६ वर्षमा पाँच गुणा दिने भएको छ। यसका लागि पनि न्यूनतम मौज्दात पाँच लाख हुनुपर्नेछ।

सानिमा कर्पोरेट धमाका मुद्दती खातामा ६.९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा चार गुणा, १६.१२ वर्षमा पाँच गुणा हुने ब्यांकले जनाएको छ। यसका लागि न्यूनतम मौज्दात १० लाख हुनुपर्नेछ।

व्यक्तिगत खातामा निक्षेपको ९० प्रतिशत ऋण तथा निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराइने ब्यांकले जनाएको छ।


ताजा खबर