उपसभामुखले लिइन् पद तथा गोपनीयताको शपथ

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो।

प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद भुसाल उपसभामुख निर्वाचित भएकी थिइन्। उनले २४२ सांसदमध्ये १४८ मत पाएकी थिइन्।


ताजा खबर