इन्डियन आइडल पवनदीपको स्वरमा पहिलो नेपाली गीत रेकर्ड

संगीतकार शिखर सन्तोषको सङ्गीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिनुभएको छ । उहाँले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाउनुभएको हो ।

गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गर्नुभएको छ । गीत हालै मुम्बईमा रेकर्ड गरिएको संगीतकार सन्तोषले जानकारी दिनुभयो । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल भने अहिले गोप्य राखिएको छ ।

नेपाली बजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाउनुभएको हो । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा सङ्गीतकार सन्तोषको रहेको छ भने गीतको रचनाकार एस पी सापकोटा हुनुहुन्छ ।


ताजा खबर