शुक्रबार नेप्से परिसूचक ७.९३ सामान्य अङ्कले वृद्धि

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ ।

शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर २००९.४७ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.११ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अङ्कले बढेको छ ।
आज नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम घटेको छ । बिहीबार  दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन् । जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन् ।

शुक्रबार ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुच्छे बैंक र सानिमा बैंकको ऋणपत्रको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता, ग्रिनलाइफ हाइड्रोपावरको शेयरमूल्य ५.३१ प्रतिशत, माउण्टेन हाइड्रो र रिभर फल्स पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । एभरेष्ट बैंकको करिब ७ करोडको शेयर कारोबार भएको छ ।


ताजा खबर