थप २२९ मा कोरोना पुष्टि : १२ सय बढि सक्रिय संक्रमित

नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार देशभर २४ घण्टामा २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले तीन हजार ७१८ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा २२९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । जसमा एक हजार ६४४ जनाको आरटी पिसिआर गर्दा  १६१ जनामा र दुई  हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

बिहीबार परीक्षण गरिएकामध्ये ६ Þ१५ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी ७८ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा चार र ललतिपुरमा नौजना सङ्क्रमित छन् ।
२४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै, २४ घण्टामा ८७ हजार ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २८४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । शून्य सङ्क्रमित भएका जिल्ला नौ छन् । काठमाडौंमा ७८६, भक्तपुरमा १९, ललितपुरमा ९० जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये एक हजार २४९ जना होम आइसोलेसनमा र ३५ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १४ जना आइसियू र एक जनाको भेन्टिलेटरमा छन् । बिहीबार २६० जनामा कोरोना पुष्टि भएको थियो ।


ताजा खबर